You are currently viewing ६९.३७ ग्राम लागूऔषध ब्राउन सुगरसहित पर्साबाट अजय यादव पक्राउ

६९.३७ ग्राम लागूऔषध ब्राउन सुगरसहित पर्साबाट अजय यादव पक्राउ

पर्सा, २०८३ भदौ ९,

जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले ६९.३७ ग्राम लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।

लागूऔषध ब्राउन सुगर खरिद–बिक्री तथा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा २०८३ भदौ ९ गते दिउँसो ३:१५ बजे वीरगन्ज महानगरपालिका–१५ स्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा प्रहरीले ना.६० प ६२७८ नम्बरको मोटरसाइकलमा सवार पर्साको जगन्नाथपुर गाउँपालिका–५ बहुअर्वा बस्ने ३६ वर्षीय अजय प्रसाद यादवलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार यादवको साथबाट प्लास्टिकको पोका र पातलो प्लास्टिकसहित ६९.३७ ग्राम ब्राउन सुगर बरामद भएको थियो। उनलाई नियन्त्रणमा लिएपछि थप अनुसन्धानका क्रममा उनको साथमा रहेको ना.६० प ६२७८ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका यादवलाई लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Leave a Reply