साउन २४, कपिलवस्तु,
स्थानीयलाई डर–धम्की देखाउँदै पेस्तोल बोकेर हिँडेको सूचनाका आधारमा प्रहरीले कपिलवस्तुको विजयनगर गाउँपालिका–४, जगदिशपुरबाट तीन जनालाई पेस्तोलसहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार कृष्णनगर नगरपालिका–८, बहादुरगन्जका स्थानीयलाई डर, धम्की देखाउँदै केही व्यक्ति पेस्तोल बोकेर हिँडिरहेको सूचना प्राप्त भएपछि खोजतलास सुरु गरिएको थियो। सोही क्रममा विजयनगर गाउँपालिका–४, जगदिशपुरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका–५, डबरा निवासी २३ वर्षीय आषिश पाण्डे, कृष्णनगर नगरपालिका–८, दयानगर निवासी २१ वर्षीय जितेन्द्र मौरिया र सोही स्थानका १९ वर्षीय विनोद कश्यप रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट एक थान पेस्तोल र लु. ६१ प. ७०७२ नम्बरको १२५ सीसीको मोटरसाइकल समेत बरामद गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्रोत: नेपाल प्रहरी


