You are currently viewing इन्टरपोलको रेड नोटिस जारी भएका फरार प्रतिवादी ‘नेपाली’ पक्राउ

इन्टरपोलको रेड नोटिस जारी भएका फरार प्रतिवादी ‘नेपाली’ पक्राउ

काठमाडौं: कर्तव्य ज्यान मुद्दामा फरार रहेका तथा इन्टरपोलको रेड नोटिस जारी भएका एक प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति तनहुँ जिल्लाको साविक भिरकोट–६, हाल ऋषिङ गाउँपालिका–४ निवासी अम्मर सिंह नेपाली हुन्। उनी कर्तव्य ज्यानसम्बन्धी मुद्दामा वारदातपछि फरार रहेका थिए।

नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२४ जुन ६ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो।

प्रहरीका अनुसार, २०८३ साउन २० गते राति १०:५० बजे Air Arabia को Flight No. G9 530 मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका नेपालीमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको नेपाल प्रहरीले जनाएको छ।

स्रोत: नेपाल प्रहरी

Leave a Reply