You are currently viewing फ्रान्स घर बताउने ५५ वर्षिया महिलाको उद्धार

फ्रान्स घर बताउने ५५ वर्षिया महिलाको उद्धार

नेभा, काभ्रे, ४ साउन,

आज फ्रान्स देश घर बताउने अन्दाजी ५५ वर्षकी Cynthia Petrigh नाम भएको महिलाको प्रहरीले उद्धार गरेको छ ।

नमोबुद्ध गुम्बा भ्रमण गरी फर्किने क्रममा काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर १२ ताईचे खोला स्थित गोरेटो बाटोबाट चिप्लिई अन्दाजी ५ फिट तल जंगलको खोल्सामा उठ्न नसक्ने अवस्थामा रहेकी थिइन् ।

निजले ९८४१३३९२४२ नम्बर मार्फत जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकको कन्ट्रोल रुममा १०० मा खबर गरेकी थिइन् ।

तत्काल प्रहरी चौकी श्यामपाटीबाट प्रहरी सहायक निरीक्षक नवराज कार्कीको कमाण्डमा ५ जनाको टोली खटि गई निजलाई सकुशल उद्धार गरी निजको नेपालमा रहेको आफन्तलाई जिम्मा लगाईएको कुरा जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।

Leave a Reply