You are currently viewing प्रतिवन्धित औषधी सहित २ जना पक्राउ

प्रतिवन्धित औषधी सहित २ जना पक्राउ

नेभा, बाँके, १ श्रावण,

बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाह स्थित प्रहरी टोलीले दुईजनालाई प्रतिवन्धित औषधी सहित पक्राउ गरेको छ ।

भारतको रुपैडियाबाट नेपालगंज तर्फ आउदै गरेको कोहलपुर नगरपालिका वडा नम्बर १५ बस्ने छोटेलाल थारुले चलाएको भे.१० प २२५८ नंम्बरको मोटरसाईकल रोकि चेकजाँच गर्दा नियन्त्रणमा लिइएको थियो ।

उक्त मोटरसाईकलमा पछाडि सवार सोहि ठाउँमा बस्ने भुन्सी थारुले प्लाष्टिक भीत्र Vocet नामक औषधी १ हजार ट्याबलेट र Nimesulide Tablets नामक औषधी १ हजार ट्याबलेट लुकाई-छिपाइ राखेको अवस्थामा फेला परेको थियो ।

उक्त औषधि सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि औषधी ब्यवस्था बिभाग नेपालगंज बाँकेमा पठाईएको कुरा जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

Leave a Reply