मोरङ र झापाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ६ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने मोरङ सुन्दर हरैचा नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय मनिष चौधरी, २५ वर्षीय अशोक ऋसिदेब, ३१ वर्षीय नबिन कार्की र ३२ वर्षीय बिष्णु चौधरी रहेका छन् ।
निजहरुलाई २.१५ ग्राम ब्राउन सुगर सहित विराटनगर महानगरपालिका वडा नम्बर १५ स्थित १ नम्बर ढाँटबाट लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसै गरी झापा बिर्तामोड नगरपालिका वडा नम्बर ३ का १९ वर्षीय बिबेक खड्का र २१ वर्षीय सरोज चौधरीलाई झापा भद्रपुर नगरपालिका वडा नम्बर ५ मेचीपुलबाट २ सय ७० मिलिग्राम ब्राउन सुगर सहित मेचीपुल बिटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
निजहरुलाई ब्राउन सुगर सहित पक्राउ गरी थप अनुसन्धान भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।