असार २४ गते नेपालगंज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदो हनुमान मन्दिर स्थित जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको सामानहरु नियन्त्रणमा लिएको छ ।
बेबारिसे अबस्थामा रहेको सामान कुर्ता सुरुवाल, कुर्ती, चप्पल, हातमा लगाउने सक्स समेत अन्दाजी मूल्य रु. २ लाख ९२ हजार ८ सय ५० रुपैयाँ बराबरको सामान फेला पारी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज, बाँकेमा पठाईएको कुरा जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।