You are currently viewing ३ वर्षीय बालकको खोलामा डुबेर मृत्यु

३ वर्षीय बालकको खोलामा डुबेर मृत्यु

नेभा, झापा, २५ असार,

झापाको झापा गाउँपालिका वडा नम्बर २ स्थित सानो माई खोलामा डुबेर १ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका वडा नम्बर २ को रहमान आलम मियाको ३ वर्षीय छोरा दिलसाद आलम मिया रहेका छन ।

हिजो दिउँसो खोलामा खेल्ने क्रमममा पानीमा डुबी घाईते भएका उनको उपचारको क्रममा कन्काई अस्पताल सुरुङ्गामा मृत्यु भएको हो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय, झापाबाट थप अनुसन्धान भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

Leave a Reply