You are currently viewing बीरगंजबाट १ करोड भन्दा बढीको सामानहरु सहित ट्रकहरू नियन्त्रणमा

बीरगंजबाट १ करोड भन्दा बढीको सामानहरु सहित ट्रकहरू नियन्त्रणमा

नेभा, पर्सा, २४ असार,

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले एक करोड भन्दा बढीको सामानहरु लोड रहेको ट्रकहरूलाई नियन्त्रणमा लिएको छ ।

असार २३ गते पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ I.C.P गेट स्थित सडकखण्डबाट ना.६ ख ४०५८ र ना.३ ख १८७ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रण लिएको थियो ।

उक्त ट्रकहरुबाट अन्दाजी मूल्य रू. १ करोड ८९ लाख ५० हजार ६ सय २२ रुपैयाँ बराबरको हार्डवेयर तथा मोटरपार्टसका सामानहरू बरामद भएको थियो । ट्रकहरु सहित उक्त सामानहरुलाई राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको कुरा जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

Leave a Reply