You are currently viewing बाँकेमा बाढिमा फसेको मानिस उद्दार

बाँकेमा बाढिमा फसेको मानिस उद्दार

नेभा, बाँके, २३ असार,

असार २२ गते बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मोरङ्गा स्थितमा छाडा गाई बस्तु संरक्षणको लागी रहेको गौशालामा काम गर्ने एकजना व्यक्ति बाढिमा फसेको हुँदा प्रहरीले उद्दार गरेको छ ।

उक्त ठाउँको देवपुर बस्ने ६८ वर्षको सोनुराम थारु गाईबस्तुको गोठाला हेरचाहा गएकोमा सोहि ठाउँको मोरङ्गा खोलामा पानिको बहाव बढ्न गई अलपत्र परेका थिए ।

जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय, बैजापुरबाट खटिएको प्रहरी टोलीले निजलाई सकुशल उद्दार गरी ल्याएको थियो र गाईबस्तु सोही स्थानमा सुरक्षित रहेको कुरा जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

Leave a Reply