You are currently viewing प्रहरी द्वारा बरामद गरिएको चिनियाँ रक्सी नष्ट

प्रहरी द्वारा बरामद गरिएको चिनियाँ रक्सी नष्ट

नेभा, सिन्धुपाल्चोक, १७ असार,

सीमा प्रहरी चौकी कोदारिले बरामद गरेको ८ सय १८ बोत्तल चिनियाँ रक्सी नष्ट गरिएको छ । सीमा प्रहरी चौकी, कोदारीले तातोपानी नाकाबाट विभिन्न समयमा बरामद गरेको चिनियाँ ब्रान्डका रक्सी नस्ट गरिएको कुरा प्रहरीले जनाएको छ ।

उत्तरीनाका तातोपानीबाट अबैध बाटो हुँदै नेपाल भित्र्याएको चिनियाँ टाइगर अर्थात Demian ७ सय ९८ बोत्तल र तोफे Mian sheng ब्रान्डको २० गरि ८ सय १८ बोत्तल रक्सी प्रहरीहरुले नस्ट गरेको हो ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी प्रमुख सन्तोष खड्का, राष्ट्रिय अनुसन्धान अधिकृत राजन प्रजापति तथा स्थानीयहरुको उपस्थितिमा नस्ट गरिएको सीमा प्रहरी चौकी कोदारिले जनाएको छ ।

नेपालमा चिनियाँ रक्सी भित्र्याउन प्रतिबन्ध छ । पछिल्लो समय सीमा नाका तातोपानीमा स्थानीयको चहलपहल बढ्न थाले संगै प्रहरीले सीमा नाकामा निगरानी बढाएको कुरा जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।

Leave a Reply