जेठ २३ गते Benco S1 कम्पनीको Android मोबाईल सामान्य स्पिकरमा समस्या भई बनाउनका लागि मोबाइल धनिले जिल्ला, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर १ त्रिनगर मा.बि. को कम्पलेक्स स्थित आशिष मोबाईल ग्यालरीमा दिएको थियो ।
निज ग्यालरी संचालक जिल्ला, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर १ बस्ने ४१ वर्षको शल्ताज आलमले छोडेर जानुहोस् बनाईदिन्छु दुई तिन दिन लाग्छ भने पश्चानत मोबाईल धनीले छोडेर गएमा निज ग्यालरी संचालक विद्युतिय अपराध गरेको पाइएकोले प्रहरीले नियन्त्रणमा लिएको छ ।
निज ग्यालरी संचालकले भनेको समय र मितिमा मोबाईल धनी गई आफ्नो मोबाईल लिएर घरमा गएकोमा मोबाईल धनीले आफ्नो Facebook Id चलाउन खोज्दा उक्त Id मा MD Dhoni को नामबाट Hello Didi भनि Chat गरी सकेपश्चा्त Chat गरेको करिब आधा घण्टा पछि मोबाईल धनीले कुनै जवाफ नफर्काएको थियो ।
पछि एक्कासी जेठ २५ गते मोबाईल धनीको बहिनीको मुखाकृति जोडी अश्लिल भिडियो र फोटो बनाई मोबाईल धनीको Facebook Messenger मा पठाएको र तत्पश्चात मोबाईल धनीको Facebook ID अन्यायी आफैले चलाई बिभिन्न अश्लिल Site हरु सर्च गरी Id चलाएको र उक्त Id मा विभिन्न किसिमका अश्लील फोटोहरु राखि मोबाईल धनीको जीवनमा वेईज्जत हुने कार्य गरेको पाइएको हो ।
निज ग्यालरी संचालक शल्ताज आलम र अन्यायी १४ वर्षको परिवर्तित नाम ७१ धनगढी १०८ लाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, कैलालीको हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य भइरहेको कुरा उक्त कार्यालयले जनाएको छ ।