You are currently viewing श्रोत नखुलेको ७२ लाख सहित २ जना पक्राउ

श्रोत नखुलेको ७२ लाख सहित २ जना पक्राउ

नेभा, काठमाडौं, २० जेठ,

जेठ १९ गते काठमाडौं जिल्लाको महानगरपालिका वडा नम्बर ७ स्थित लुम्बिनी खाजा घर तथा गेष्ट हाउसको रुम नम्बर २ मा भिमसेन बिश्वकर्मा समेतका व्यक्तिहरुले हुण्डी सम्बन्धी कारोबार गरिरहेका थिए ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिई गएको विशेष प्रहरी टोलीले उक्त स्थानमा पुगी निग्रानी गर्दै जादाँ दुइजना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरु भोजपुर जिल्लाको पौवा डुग्मा गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर २४ न्युरोड बस्ने ५० वर्षको भिमसेन बिश्वकर्मा र सोहि ठाउँमा घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर २४ न्युरोड बस्ने २९ वर्षको खेमराज बिश्वकर्मा रहेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ७ लुम्बिनी खाजा घर तथा गेष्ट हाउसको रुम नम्बर २ बाट नगद रू. ७२ बहत्तर लाख सहित निजहरुलाई नियन्त्रणमा लिईएको हो । निजहरुलाई जिल्ला प्रहरी परिसर, काठमाडौबाट थप अनुसन्धान भइरहेको कुरा उल्लेखित कार्यालयले जनाएको छ ।

Leave a Reply