इलामको माई नगरपालिका वडा नम्बर ८ माईखोलामा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको छ ।
स्थानीय बिक्रम लिम्बुको ११ वर्षीय छोरा मिङसुहाङ लिम्बु र राजेन्द्र आङदेम्बेको ८ वर्षीय छोरा किस्मन आङदेम्बेको मृत्यु भएको छ ।
पौडी खेल्न गएकोमा अबेर सम्म घर फर्की नआएपछी खोजतलासमा खटिएको प्रहरी टोली र स्थानीयले मिङसुहाङ लिम्बुलाई पानीमा डुबि घाईते अवस्थामा र किस्मन आङदेम्वेलाई मृत अवस्थामा फेला पारेको थियो ।
घाईते लिम्बुलाई उपचारको लागि बि एण्ड सि अस्पताल झापा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।