You are currently viewing लेहङ्गा लगायतका कपडाहरु प्रहरीको नियन्त्रणमा

लेहङ्गा लगायतका कपडाहरु प्रहरीको नियन्त्रणमा

नेभा, काभ्रे, २४ बैशाख,

बैशाख २३ गते जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका वडा नम्बर ९ काभ्रेभञ्ज्याङ स्थित बि.पि.राजमार्ग सडकखण्डमा सवारी साधनहरु चेकजाँचको लागी खटिएको प्रहरी टोलीले अबैध भन्सार छलीका सामानहरु नियन्त्रणमा लिएको छ ।

रामेछाप मन्थली बाट काठमाण्डौ तर्फ सँगै आउदै गरेको बा १२ च.५५८२ नम्बरको E.V. गाडी रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीको छतमा बोराहरुका कपडाहरू राखी ल्याईरहेको अवस्थामा online bill नरहेको, कमसल मुल्य राखेको बिल भएको सामानहरु नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएको सामानहरु धोती सारी १०२ पिस, लेहङ्गा ४२ पिस, पातलो जाली भित्री कपडा ४० पिस र मानको कपडा १२ पिस थियो ।

उल्लेखित सामानहरु त्रिभुवन बिमानस्थल भन्सार कार्यालय, गौचर, काठमाण्डौंमा बुझाएको कुरा जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।

Leave a Reply