You are currently viewing मादक पदार्थ सेवन गरी ट्याक्टर चलाउने व्यक्ति प्रहरीको फन्दामा

मादक पदार्थ सेवन गरी ट्याक्टर चलाउने व्यक्ति प्रहरीको फन्दामा

नेभा, संखुवासभा, ११ बैशाख,

बैशाख ९ गते जिल्ला संखुवासभा खाँदबारी नगरपालिका वडा नम्बर १ बसपार्क स्थित कोशी राजमार्गमा जिल्ला प्रहरी कार्यालय, संखुवासभाबाट खटिएको प्रहरी अधिकृत सहितको प्रहरी टोलिले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने एकजनालाई नियन्त्रणमा लिएको छ ।

सडक दुर्घटना न्युनिकरणको लागि नियमित चेकजाँच गर्ने क्रममा खाँदबारी नगरपालिका वडा नम्बर ६ बस्ने २२ वर्षको चुडामणी चौलागाँईलाई पक्राउ गरिएको छ ।

निजले प्रदेश नं.१-०२-००३ त १५३३ नम्बरको ट्याक्टर लापर्वाहीपूर्वक तिब्र गतिमा चलाई ल्याएको देखि रोकी सवारी चालक अनुमति पत्र माग गर्दा निजसंग सवारी चालक अनुमति पत्र नभएको र मादक पदार्थ समेत सेवन गरी सवारी साधन चलाएको पाईएको हुँदा प्रहरीले नियन्त्रणमा लिएको छ ।

अनुसन्धानको लागि ट्याक्टर चालकलाई नियन्त्रणमा लिई निज उपर मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ बमोजिम थप अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ ।

Leave a Reply