You are currently viewing हङकङको नयाँ लकी भवनमा आगलागी, चार जनाको मृत्यु

हङकङको नयाँ लकी भवनमा आगलागी, चार जनाको मृत्यु

नेभा, हङकङ, २८ चैत,

हङकङको एक भवनमा आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । हङकङको जोर्डन छिमेकमा रहेको न्यू लकी हाउस नामक भवनमा आगलागी भएको हो । तीन पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले विज्ञप्तिमा जनाएको छ । प्रहरीले अझै पनि भवनभित्रका मानिसहरूले मद्दतको माग गर्दै कलहरू प्राप्त गरिरहेको बताएको छ ।

आगलागी हुँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । हङकङको न्यु लकी हाउस नामक भवनमा आगलागी भएको हो । घटनामा तीन पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले अझै पनि भवनभित्रका मानिसहरूले मद्दतको माग गर्दै कलहरू प्राप्त गरिरहेको बताएको छ ।

अधिकारीहरूका अनुसार आगलागी भएको खबर आएपछि अग्नि नियन्त्रकहरू घटनास्थलमा पुगेका थिए । साउथ चाइना मर्निङ पोस्टसहितका स्थानीय मिडियाले पहिलो तलाको जिममा आगलागी भएको र नियन्त्रणमा लिइएको जनाएको छ ।

Leave a Reply