You are currently viewing भोजपुरमा आगलागीमा परी ३ जना बालबालिको मृत्यु

भोजपुरमा आगलागीमा परी ३ जना बालबालिको मृत्यु

नेभा, भोजपुर, ४ चैत्र,

भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ७ पिप्ले स्थितमा आगलागीबाट ३ जना बालबालिको मृत्यु भएको छ ।

साँझ घरमा कोही नभएको अवस्थामा अचानक गाईगोठमा आगोलागी हुँदा खेल्दै गरेका एकै घरको दाजुभाइका ३ जना बालबालिको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा सोही स्थान बस्ने केदार कार्कीको ५ वर्षिय छोरा प्रनिष कार्की, रमेश कार्कीको ७ वर्षिया छोरी दिप्सिका कार्की र दिप्सिकाकै भाइ ३ वर्षिय दिउनिस कार्की रहेका छन् ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

Leave a Reply