You are currently viewing सिम्रौनगढ तर्फ जाँदै गरेको मोटरसाइकल चालकबाट नक्कली नोट बरामद

सिम्रौनगढ तर्फ जाँदै गरेको मोटरसाइकल चालकबाट नक्कली नोट बरामद

नेभा, बारा, २४ फागुन,

बाराको ईलाका प्रहरी कार्यालय, सिम्रौनगढबाट खटिएको प्रहरी टोलिले सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ स्थित चेक जाँच गर्ने क्रममा एकजना व्यक्तिलाई नक्कली नोट सहित पक्राउ गरेको छ ।

हरिहरपुरबाट सिम्रौनगढ तर्फ जाँदै गरेको BR 05J2181 नम्बरको भारतीय मोटरसाइकर्ल संकास्पद लागि रोकेर चेक जाँच गर्दा उक्त व्यक्तिको साथबाट भारतीय रु. ५ सयको सक्कली नोट ३ वटा, भारतीय नोट रु. ५ सयको साइजमा राखिएको सादा कागज २८६ वटा र नेपाली रु. १ हजारको ८ वटा नक्कली नोटहरु वरामद गरी नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्ने मोटरसाइकल चालक जिल्ला बारा, महागढीमाई नगरपालिका वडा नम्बर ९ कञ्चनपुरको निवासी अन्दाजी ३५ वर्षको राम बिनय सहनी हुन् ।

निजलाई नियन्त्रणमा लिई खोटा चलन सम्बन्धि कसुर मुद्दा दर्ता गरी जिल्ला अदालत बारा, कलैयाबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको कुरा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जनाएका छन् ।

Leave a Reply