You are currently viewing झापामा लागूऔषध सहित ५ जना व्यक्तिहरु पक्राउ

झापामा लागूऔषध सहित ५ जना व्यक्तिहरु पक्राउ

नेभा, बिराटनगर, २३ फागुन,

जिल्ला प्रहरी कार्यालय, झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले झापाको बिभिन्न स्थानहरुबाट लागूऔषध ब्राउनसुगर र नियन्त्रित औषधी सहित ५ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ नयाँबसपार्क स्थित ३५ वर्षीय अप्सना भन्ने निसा खातुनको घरमा लागूऔषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले घर खानतलासी गर्दा उक्त घरबाट लुकाईछिपाई राखेको अवस्थामा ८ सय मिलिग्राम ब्राउनसुगर, ७० ग्राम ५ सय मिलिग्राम गाँजा र नगद ६ हजार ५ सय रुपैया फेला परेको थियो ।

उक्त सामानहरु फेलापर्दा निजलाई प्रहरीले पक्राउ गरेको हो । सोही स्थानबाट २४ वर्षीय विशाल तामाङ र २४ वर्षीय विकाश आङदम्बेलाई समेत ७५० मिलिग्राम ब्राउनसुगर र नगद ३ हजार रुपैया सहित पक्राउ गरिएको छ ।

त्यस्तै वडा प्रहरी कार्यालय, भद्रपुर झापाबाट भद्रपुर नगरपालिका वडा नम्बर ४ स्थितमा खटिएको प्रहरी टोलीले हल्दिबारीतर्फ जादै गरेको प्र.१-०१-०१५ प २६६६ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्दा स्कुटर चालक भद्रपुर वडा नम्बर ५ का २० वर्षीय रिवज मेचे र स्कुटरमा पछाडी सवार हल्दिबारी वडा नम्बर ३ का २१ वर्षीय जेम्स राईको साथबाट ESKUF DX लेखिएको १०० ml को २ बोतल, Nitrazepam र Spascore  भन्ने ८९ ट्याबलेट नियन्त्रित औषधी र गाँजा १ प्याकेट फेला फेला परेको हुँदा निजहरुलाई पक्राउ गरिएको छ ।

नियन्त्रणमा लिइएको निजहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

Leave a Reply