You are currently viewing मोडिफाई गराई ध्वनी प्रदुषण गर्ने ६८१ मोटरसाइकल प्रहरीको नियन्त्रणमा

मोडिफाई गराई ध्वनी प्रदुषण गर्ने ६८१ मोटरसाइकल प्रहरीको नियन्त्रणमा

नेभा, कास्की, २१ फागुन,

स्वरुप परिवर्तत गरी समाजमा होहल्ला मच्चाई ध्वनी प्रदुषण गर्ने ६८१ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गरीरहेको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीका संयुक्त प्रयासमा भदौ २५ गते देखि पहिलो प्राथमिकतामा राखी स्वरुप परिवर्तन गरी समाजमा होहल्ला मच्चाउँदै हिँड्ने र ध्वनी प्रदुषण गर्ने साइलेन्सर पाईपबाट आगो समेत निकाल्ने माटरसाइकलहरुलाई नियन्त्रणमा लिइएको छ ।

उक्त नियन्त्रणमा लिइएको मोटरसाइकलहरु माथि फागुन २० गते कारवाही गर्नुको साथै रु. ७ लाख ४२ हजार ७ सय जरिवाना पनि संकलन गरीएको छ ।

समाजमा होहल्ला गर्दै मोटरसाइकल पड्काउदै हिड्ने तथा ध्वनी प्रदुषण गर्ने कार्य बढिरहेको भन्ने अत्यधिक जनताको गुनासो जिल्ला प्रहरी कार्यालय, कास्कीमा प्राप्त भएको थियो । जनगुनासो प्राप्त हुँदा फागुन १७ गते देखि २० गतेसम्म कडाईका साथ चेकजाँच गरी स्वरुप परिवर्तन गरिएका ५९ थान मोटरसाइकल नियन्त्रणमा लिई आवस्यक कारवाहीको लागि कास्की जिल्ला प्रहरी कार्यालयमा ल्याई राखिएको थियो ।

स्वरुप परिवर्तन गरीएका मोटरसाइकलहरु मध्ये बारम्बार कारवाहीमा परेकाहरुलाई आवश्यक कारवाहीको लागि यातायात कार्यालय कास्कीमा पठाउने छ ।

पहिलो पटक परेकाहरुलाई मोडीफाई गरीएको समान फेर्न लगाई पहिलेको जस्तै बनाई ट्राफिक नियम उल्लंघनमा जरिवाना गरी अभिभावकको जिम्मा लगाई छाडिने कुरा जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

Leave a Reply