You are currently viewing मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु २ जना घाईते

मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु २ जना घाईते

नेभा, सुनसरी, २० फागुन,

सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर ६ स्थित हुलाकी राजमार्गमा मोटरसाईकल दुर्घटना हुँदा एकजना व्यक्तिको मृत्यु भएको छ भने दुइजना घाईते भएका छन् ।

चिमडीबाट हरिनगरातर्फ जाँदै गरेको को १० प ८३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटना हुँदा घाईते भएका चालक देवानगंज वडा नम्बर ७ का २० वर्षको जय कुमार उराव मोटरसाईकलमा पछाडी सवार २९ वर्षीय मनोज कुमार उराव र २२ वर्षीय निरज उरावलाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाएईएको थियो ।

उपचारको क्रममा निरज उरावको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply