You are currently viewing एकै दिनमा ४६ जना फरार अभियुक्तहरु प्रहरीको नियन्त्रणमा

एकै दिनमा ४६ जना फरार अभियुक्तहरु प्रहरीको नियन्त्रणमा

नेभा, बिराटनगर, फाल्गुन १८ गते,

कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरको सुरक्षा सुनिश्चिता तथा फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले झापा, मोरङ र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुबाट एकै दिनमा ४६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

मोरङ जिल्ला, अदालतको फैसलाले बिभिन्न मुद्दाका फरार ब्यक्तिहरुको खोजतलासमा जिल्ला प्रहरी कार्यालय, मोरङ र मातहत कार्यालयहरुबाट खटिएको टोलीले मोरङका बिभिन्न स्थानहरुबाट एकैदिन बिभिन्न मुद्दाका ४१ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

सोहि दिन जिल्ला प्रहरी कार्यालय, झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले छुट्टाछुट्टै मुद्दाका ४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय उदयपुरबाट पनि खटिएको प्रहरी टोलीले सवारी ज्यान मुद्धाका फरार १ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ परेका निजहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतहरुमा उपस्थित गराईएको कुरा कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

Leave a Reply