ईलाका प्रहरी कार्यालय, भिमफेदी र प्रहरी चौकी भैसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा लागूऔषध चरेश सहित दुइजनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला मकवानपुर, भिमफेदी गाउँपालिका वडा नम्बर २ स्थित भैसे चेकपोष्ट सडकमा भिमफेदीबाट हेटौडातर्फ आउदैं गरेको ना. ४ ख ६०९१ नम्बरको यात्रुवाहक बसमा सवार जिल्ला मकवानपुर, भिमफेदी गाउँपालिका वडा नम्बर १ बस्ने ३० वर्षको नवराज तामाङ र सोहि ठाउँको थाहा नगरपालिका वडा नम्बर ८ बस्ने ३० वर्षको बिमल स्याङतानलाई पक्राउ गरिएको छ ।
निजहरु माथि शंका लागी रितपुर्वक खानतलासी गर्दा निजहरुले बोकेको झोला भित्र लुकाई छिपाई गरी ल्याएको अवस्थामा ४५ किलो ६० ग्राम लागूऔषध चरेश फेला परेको थियो ।
उक्त लागूऔषध सहित निजहरु नवराज तामाङ र बिमल स्याङतानलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला, अदालत हेटौडाबाट ८ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।