फागुन १४ गते बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ७ को बजार स्थित संचालनमा रहेको रेशम मगरको रोहित वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा शंकास्पद वस्तु पड्केर तिनजना व्यक्तिहरुको मृत्यु भएको छ ।
जिल्ला बारा, निजगढ नगरपालिका वडा नम्बर ५ बस्ने अन्दाजी ४५ वर्षको रोहित वर्कशपको संचालक रेशम मगरको बयोधा अस्पताल वीरगंज,पर्सामा उपचारको क्रममा, देश भारत गवाई बस्ने ३५ वर्षको राकेश जैसवाल सोहि अस्पतालमा उपचारको क्रममा र जिल्ला पर्सा, वीरगंज महानगरपालिका वडा नम्बर ९ बस्ने अन्दाजी २० वर्षको रितु रजतको पनि सोहि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला बारा, निजगढ नगरपालिका वडा नम्बर ५ बस्ने ४५ वर्षको बहादुर थापाको सामुदायिक प्रसुति गृह अस्पतालमा, पर्साको वीरगंज महानगरपालिका वडा नम्बर ९ बस्ने अन्दाजी ३४ वर्षको फिरोज देवानको वीरगंजको बयोधा अस्पताल र देश भारत, रामघडवा बस्ने अन्दाजी २० वर्षको अरविन साहको बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
भारतको मोतिहारी बस्ने अन्दाजी ४० वर्षको राज भन्ने रमेश जैसवाल कवाडी किन्ने र बाराको निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने २९ वर्षको टिकाराम पाख्रिङ कवाडि बेच्नेलाई नियन्त्रणमा लिइएको कुरा जिल्ला बारा, कलैयाको प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जनाएका छन् ।