सुनसरीमा सीमा पैदल यात्रा तथा अन्तरक्रिया कार्यक्रम २०८० सालको Border Walk and Interaction Program अन्तरगत फाल्गुन १३ गते सुनसरी जिल्लाको सिमा क्षेत्रमा रहेका सिमा स्तम्भहरुको निरीक्षण तथा अनुगमन भएको छ ।
सुनसरीको हरिनगरा गाउँपालिका वडा नम्बर ७ मा रहेको शशस्त्र प्रहरी बल नेपाल BOP घुस्कीको परिसरमा प्रदेश सांसद ईस्राईल मन्सुरी, सुनसरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रदेश तथा सुनसरी जिल्लाका प्रमुखहरु,स्थानीय जनप्रतिनिधिहरु र स्थानियवासीहरुको सहभागिता थियो ।
सीमा क्षेत्रका समस्या, दैनिक उपभोग्य सामानहरुको किनबेच तथा विविध विषयहरुमा “अन्तरक्रिया कार्यक्रम” को आयोजना गरी कार्यक्रम पश्चात सिमा स्तम्भहरुको स्थलगत निरीक्षण तथा अनुगमन भएको कुरा प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।