सुराकीले दिएको विशेष सुराकीको आधारमा नेपाल एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाण्डौ आगमन भएकी यात्रु भारतीय नागरिकलाई नियन्त्रण लिइएको छ ।
३७ वर्षकी Tasleem Sultana Bushra महिलालाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा निजले लिई आएको खेलौनाहरु राखिएको कार्टुन ४ थानको बीचको पत्रमा सुन जस्तो देखिने पंहेलो रंगको बस्तुले लेपन गरिएको थियो ।
जम्मा तौल गर्दा ७०० ग्राम भएको र शंकास्पद धुलो रहेको कफिको प्याकेट ३ थान अन्दाजी तौल ७४० ग्राम अबैध रुपमा भन्सार छली लैजान लागेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको छ ।
आवश्यक कानुनी कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाईएको कुरा त्रिभुवन विमानस्थल, सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।