You are currently viewing ११ वर्षकी बालिकालाई जबरजस्ती करणी प्रयास गर्ने २ जना पक्राउ

११ वर्षकी बालिकालाई जबरजस्ती करणी प्रयास गर्ने २ जना पक्राउ

नेभा, गोरखा, ११ फागुन,

११ वर्षकी नाम परिवर्तित (०८०।०८१) म कुमारीलाई जबरजस्ती करणी गर्न प्रयास गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरु जिल्ला गोरखा, गण्डकी गाउँपालिका वडा नम्बर २ को निवासी ३७ वर्षको आशिष चेपाङ र सोहि ठाउँमा बस्ने २३ वर्षको ईश्वर चेपाङ हुन् ।

निज आशिष चेपाङले नाबालिकालाई फकाई फुलाई सोहि ठाउँ स्थित आफ्नै घर कोठामा लगी जबरजस्ती करणी गर्ने प्रयास गरेको थिए । ईश्वर चेपाङले जबरजस्ती करणी गर्ने कार्यमा सहयोग गरेको भनि पीडितको बाबु मार्फत जाहेरी दरखास्त प्रहरीलाई प्राप्त भएको थियो ।

जाहेरी दरखास्त प्राप्त हुनसाथ निजहरुलाई फागुन ९ गते पक्राउ गरी १० गते निजहरु विरुद्ध जबरजस्ती करणी उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत, गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

Leave a Reply