विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलिले निजगढ नगरपालिका वडा नम्बर ९ स्थितको हाटबजारबाट एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने जिल्ला बाराको बारागढी गाउँपालिका वडा नम्बर २ दौरवा टोलको निवासी अन्दाजी ३४ वर्षको दिपेन्द्र माझी हुन् । निजलाई एक हजारको दुईटा नक्कली नोट लिएर हाटबजारमा समानहरु खरिद गरीरहेको अवस्थामा पक्राउ गरीएको छ ।
निज माझीलाई नियन्त्रणमा लिई मुद्रा सम्बन्धि कसुर मुद्दा दर्ता गरी जिल्ला, बाराको अदालत कलैयाबाट दिन पाँच म्याद थप गरी अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला बारा, कलैयाको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जनाएका छन् ।