You are currently viewing भन्सार छलीका चप्पल, जुत्ता लगायतका समानहरु नियन्त्रणमा

भन्सार छलीका चप्पल, जुत्ता लगायतका समानहरु नियन्त्रणमा

नेभा, रौतहट, ९ फागुन,

जिल्ला प्रहरी कार्यालय, रौतहट तथा मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा अबैध रुपमा भन्सार छली ल्याइएको सामानहरु बरामद गरेको छ ।

जिल्ला रौतहट यमुनामाई गाउँपालिका वडा नम्बर १ र ईशनाथ नगरपालिका वडा नम्बर ४ स्थित भारतबाट अबैध रुपमा भंसार छलि चप्पल, जुत्ता र किराना लगायतका समानहरु ओसार पसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिईएको कुरा जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।

बरामद गरिएको रु.१ लाख १७ हजार २ सय ५ रुपैयाँ बराबरको चप्पल, जुत्ता र किराना लगायतका समानहरु आज आवश्यक कारबाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ ।

Leave a Reply