You are currently viewing चितवनमा ५ सय ४२ किलो गाँजा प्रहरीको नियन्त्रणमा

चितवनमा ५ सय ४२ किलो गाँजा प्रहरीको नियन्त्रणमा

नेभा, चितवन, ७ फागुन,

जिल्ला चितवन ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक श्याममणी पोखरेलको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलिले गस्ती गर्दै जाँदा राप्ती नगरपालिका वडा नम्बर ३ झुरझुरे स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डको छेउबाट ५४२ किलो गाँजा बरामद गरेको छ ।

ना ३ ख ६१२२ नं. को ट्रक र ना ३ ख ७२४० नम्बर डिब्बा ट्रक सामान पल्टी गरी शंकास्पद अवस्थामा रोकी राखेकोले उक्त दुवै वटा ट्रकलाई चेकजाँच गर्ने क्रममा ना ३ ख ७२४० नम्बर डिब्बा ट्रकमा लुकाई छिपाई राखेको अवस्थामा ३९ वटा पोकामा ५४२ किलो लागुऔषध गाँजा फेला परेको थियो ।

सो सम्बन्धमा प्रारम्भिक अनुसन्धान गर्दा सो गाँजा धादिङको मलेखुबाट ना ३ ख ६१२२ नम्बरको ट्रकमा लोड गरी उक्त स्थानमा ल्याई ना ३ ख ७२४० नम्बर डिब्बा ट्रकमा पल्टि गरेको भनी बुझिन आएकोले उक्त ना ३ ख ७२४० नम्बर डिब्बा ट्रक चालक जिल्ला धनकुटा छथर जोरपाटे गाउँपालिका वडा नम्बर ३ बस्ने ३२ वर्षको रमेशनाथ दाहाल र ना ३ ख ६१२२ नम्बरको ट्रकमा सवार जिल्ला कपिलवस्तु बुद्धभुमी नगरपालिका वडा नम्बर ४ बस्ने २५ वर्षको खुशिराम थारुलाई नियन्त्रणमा लिइएको छ ।

निजहरु सहित लागूऔषध गाँजा र उक्त ट्रकहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

Leave a Reply