You are currently viewing प्रतिबन्धित भारतीय पैसा सहित टर्किस नागरिक पक्राउ

प्रतिबन्धित भारतीय पैसा सहित टर्किस नागरिक पक्राउ

नेभा, काठमाडौं, ४ फाल्गुन,

Air Arabia को उडानद्वारा Sharjah बाट काठमाण्डौं आगमन भएका फ्लाईटमा आएका टर्किस नागरिक ५७ वर्षको (पुरुष) ABDULLAH MINA लाई पक्राउ गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन Welcome Gate मा चेकजाँच गर्ने क्रममा निजको साथबाट नेपालमा प्रतिबन्धित भएको भारतिय रुपये ५ सय दरको १ सय ९२ थानले जम्मा भारतिय रुपये ९६ हजार मात्र लगायतका विदेशी मुद्राहरु फेला परेको हुँदा निजलाई पक्राउ गरिएको हो ।

आवश्यक कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाईएको कुरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सुरक्षा प्रहरीले जनाएको छ ।

Leave a Reply