जिल्ला, सिरहा मिर्चैया नगरपालिका वडा नम्बर २ मल्हनिया स्थित ईलाका प्रहरी कार्यालय, मिर्चैया सिरहाबाट खटिएको प्रहरी बरिष्ठ हवल्दार रामेश्वर खगंको टोलीले लागूऔषध सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ ।
गोप्य सुचनाको आधारमा सोहि ठाउँमा बस्ने अन्दाजी १९ वर्षको बिष्णु कुमार साहलाई संका लागि चेकजाँच गर्दा निजको साथबाट लागूऔषध खैरो हिरोईन जस्तै देखिने प्लाष्टिक सहित गिलो अवस्थामा रहेको ४.४३ ग्राम, नेपाली रु. ४ हजार ९ सय, ऐन्डरोईड मोबाईल १ थान र डिजिटल तराजु १ थान फेला परेको थियो ।
उक्त लागूऔषध र समानहरु सहित निजलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय, मिर्चैया सिरहाबाट थप अनुसन्धान कार्य भइरहेको कुरा प्रहरी नायब उपरीक्षक रबिन्द्र राज पाण्डेले जनाएका छन् ।