अपराध अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय, मोरङको हिरासतमा राखिएका थुनुवाहरूको लागि खाना खान मिल्ने गरी डाईनिङ हलको ब्यवस्था गरिएको कुरा जिल्ला प्रहरीक कार्यालय, मोरङले जनाएको छ ।
यस अघि थुनुवाहरूले हिरासतभित्रै भुईमा बसेर खान खाने गर्दथे । थुनुवाहरूको आत्मसम्मान र मानव अधिकारको पूर्ण पालना गर्दै हिरासतमा रहँदा मानवीय व्यवहार गर्नुपर्ने अन्तराष्ट्रिय मान्यतालाई व्यवहारमा रूपान्तरण गर्न हिरासत परिसरमा डाईनिङ टेबुलको व्यवस्था गरिएको छ ।
हिरासत परिसरमा डाईनिङ हल र धाराको ब्यवस्था भएपछि थुनुवाहरूले राहत महसुस गरेका छन् जहाँ एकै पटकमा ३० जनाले बसेर खाना खान सक्नेछन् ।
जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी उपरीक्षक दिपक पोखरेलले उक्त डाईनिङ हल माघ १० गते उद्घाटन गरी खाना खाने कार्यको शुभारम्भ गर्नु भएको हो ।