त्रिभुवन विश्वविधालयको केन्द्रीय परीक्षा संचालक समितिको आजको बैठकबाट विधार्थीहरुको प्रमाणपत्रहरु घरबाट नै पाउने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
त्रिभुवन विश्वविधालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु र क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालयहरु द्वारा दिइने सेवाहरु (ट्रान्सकृप्ट, प्रोबिविजन प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन) अनलाइन मध्यम बाट e-payment को सुबिधा हो ।
यहि माघ १५ गते देखि संचालन गर्ने निर्णय भएकोले सो को कार्यान्वयन विधि सहित सहित विस्तृत जानकारी त्रिभुवन विश्वविधालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुको website: www.tuexam.edu.np मा यहि माघ १० गतेका दिन प्रविष्ट गरिने कुरा परीक्षा नियन्त्रण कार्यालय, बल्खुले जनाएको छ ।