You are currently viewing पैसा डबल बनाई दिन्छु भनि ७ लाख ठगी गर्ने व्यक्ति पक्राउ

पैसा डबल बनाई दिन्छु भनि ७ लाख ठगी गर्ने व्यक्ति पक्राउ

नेभा, काठमाडौं, २६ पौष,

जिल्ला, सिन्धुपाल्चोक चौतारा सांगाचोक गढि नगरपालिका वडा नम्बर ५ घर भई काठमाडौं जिल्ला कामनपा वडा नम्बर १५ स्वयम्भु बस्ने २६ वर्षको कुमार लामालाई प्रहरीले पक्राउ गरेको छ । निजसंग नगद रु. ६० हजार र १ थान मोबाइल बरामद भएको छ ।

पौष १६ गते काठमाडौं जिल्लामा स्थित नारायणथान सडक खण्डमा कुमार लामा भन्ने व्यक्तिले जिल्ला सल्यान छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ घर भई दाङ तुलसीपुर वडा नम्बर ५ बस्ने सुरेन्द्र वलीलाई पैसा डबल बनाई दिन्छु भनि नक्कली पैसाको भिडियो देखाई विभिन्न प्रलोभनमा पारी निजसँग रहेको नगद रू. ७ लाख लिई १० मिनेट कुर म यसको दोब्बर बनाएर ल्याउछु भनि फरार भएका कुरा जिल्ला प्रहरी परिसर, काठमाण्डौले जनाएको छ ।

सुचनाको आधरमा जिल्ला प्रहरी परिसर, काठमाण्डौबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पौष २५ गते काठमाडौं जिल्ला कामनपा वडा नम्बर १५ स्वयम्भुबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर, काठमाण्डौबाट थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply