You are currently viewing फाल्गुन देखि नै रु. १ देखि १० लाख स्वास्थ्य उपचार सुबिधा पतिपत्नीलाई पनि

फाल्गुन देखि नै रु. १ देखि १० लाख स्वास्थ्य उपचार सुबिधा पतिपत्नीलाई पनि

नेभा, २५ पौष, काठमाडौं,

यहि फाल्गुण १ गते देखि लागूहेने गरी सामान्य रोगका लागि रु. १ लाख तथा घातक रोगको हकमा भने रु. १० लाख सम्म सामाजिक सुविधा सञ्चयकर्ताहरुले पाउने भएको छन् ।

कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता स्वास्थ्य उपचार योजना सम्बन्धि एक सूचना आफ्नो वेबसाइट www.epf.org.np मा जारी गर्दै सबैलाई यस सम्बन्धमा जानकारी गराएको हो ।

२०७६ सालदेखि नै कोषले सञ्चयकर्तालाई सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने सन्दर्भमा साधारण रोगरको हकमा अस्पताल भर्ना भई उपचार गराएको प्रत्येक वर्ष बढीमा रु। १ लाख र घातक रोगको हकमा सेवा अवधिभरमा रु। १० लाखसम्म स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आइरहेको थियो ।

अब भने सो सुविधाका लागि २०८० फाल्गुन १ गतेदेखि लागू हुने गरी उपचार गराउने अस्पतालहरुको सूची तयार गरिएको हुँदा सो सूचिमा उल्लिखित अस्पतालहरुमा उपचार गराएको हकमा मात्र स्वास्थ्य उपचार सुविधा उपलब्ध गराइने कुरा जानकारी गराइएको छ ।

साथै, साविकमा सञ्चयकर्तालाई मात्र उपलब्ध गराउँदै आइएको उक्त योजनामा २०८० फाल्गुण १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको पति वा पत्नीलाई समेत समावेश गरिएको छ । नयाँ व्यवस्था अनुसार सो सुविधा प्राप्त गर्न कोषले सूचिकृत गरेको अस्पतालमा मात्र उपचार गराइएको हुनुपर्ने छ ।

अस्पतालहरुको सूची हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Leave a Reply