You are currently viewing छोराको हत्या गरेको अभियोगमा राई पक्राउ

छोराको हत्या गरेको अभियोगमा राई पक्राउ

नेभा, इलाम, २४ पुष,

आफ्नै छोरा १९ वर्षको जीवन राईको हत्या गरेको अभियोगमा इलामको माई नगरपालिका वडा नम्बर ६ बिहिबारे बस्ने ३६ वर्षको दिल कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा दिल कुमारले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका जीवनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीले निज राईलाई पक्राउ गरेको हो ।

उक्त हत्याको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कुरा नेपाल प्रहरीले जनाएको छ ।

Leave a Reply