You are currently viewing ५२ लाख भन्दा बढीको समान सहित ट्रक प्रहरीको नियन्त्रणमा

५२ लाख भन्दा बढीको समान सहित ट्रक प्रहरीको नियन्त्रणमा

नेभा, पर्सा, २४ पुष,

जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डकचोक स्थित सडकखण्डमा ना.६ ख १३७ नम्बरको मालवाहक ट्रकमा राजश्व छली बिल बिजक भन्दा बढी मालबस्तुहरू लोड गरी बीरगञ्जबाट रुपनदेही तर्फ जाँदै गरेको ट्रकलाई नियन्त्रणमा लिइएको छ ।

सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी पर्साको टोलीले उक्त मालवाहक ट्रकलाई नियन्त्रणमा लिई लोड रहेको मालबस्तुहरु ONLINE VCTS बिलमा उल्लेखित भन्दा बढी लोड रहेको तथा सो बिल बिजक संकास्पद देखिएको हुँदा ना.६ ख १३७ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिईएको कुरा प्रवक्ता तथा सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जनाएका छन् ।

उक्त मालवाहक ट्रकभित्र लोड रहेको कपडा तथा खुद्रा समानहरू उल्लेखित बिल अनुसार अन्दाजी मुल्य रू. ५२ लाख ६४ हजार १ सय ३ रुपैयाँ बराबरको ट्रकभित्र लोड रहेको मालबस्तुहरू आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।

Leave a Reply