You are currently viewing चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

नेभा, सोलुखुम्बु, २३ पुष,

फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत सोलुखुम्बु कार्यालय मातहत प्रहरी चौकी फाग्दिन सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

चोरी मुद्दाका १ बर्ष ११ महिना ४ दिन कैद र रु. २० हजार जरिवाना भएका जिल्ला सोलुखुम्बु महाकुलुङ गाउँपालिका वडा नम्बर १ स्थायी वतन भएका ३५ वर्षको राजेश कुलुङलाई खोजतालस गर्ने क्रममा सोहि ठाउँको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ३ फाग्दिन स्थितमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ ।

निजलाई पक्राउ गरी कानूनी कारवाहीको लागि सोलुखुम्बु जिल्ला, अदालत सोलुखुम्बुमा दाखिला गरिएकोमा तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि कारागार कार्यालय सोलुखुम्बु पठाईएको कुरा जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ ।

Leave a Reply