नेभा, बिहार, १५ पौष,
बिहारको नवादामा एक वृद्धाको सामूहिक बलात्कारपछि हत्या भएको छ । आरोपीहरुले ६० वर्षीया महिलालाई बलात्कार गरेर स्तन काटी घाँटी काटेर सामूहिक हत्या गरेका छन् ।
शनिबार एक वृद्धाको सामूहिक बलात्कारपछि हत्या गरेको घटनाको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनिल यादव, विपिन यादव, पिन्टु यादव र निरञ्जन यादव रहेका छन् । पाँचौं अभियुक्त कारु यादव अझै फरार रहेको बताईएको छ ।
नवादा सदरका एसडीपीओ अजय प्रसादले पीडित महिला गया जिल्लाको जहाना गाउँकी बासिन्दा रहेको बताएका छन् । उनी श्रीमानसँग नवादामा आफन्तलाई भेट्न आएकी थिइन् । प्रहरीलाई उनको शव २६ दिसेम्बर को दिन खरदि बिगाहा इलाका बाट क्षत-बिक्षत अवस्थामा भेटायो । सिसिटिभी फुटेज अनुसार एउटा आरोपी सुनिल यादवलाई प्रहरीले समात्न सफल भएपछि उसले बतायो की उसले त्यो महिलालाई इ-रिक्शामा शहर घुमाउने भनेर फकायो र पछि यादवको चारजना साथीहरु मिलेर यो कुकर्म गर्यो । उनीहरुले पछि लासलाई नालामा फ्याकिदिए ।
श्रोत: इन्डिया टिभी
