जिल्ला रौतहट गौर नगरपालीका वडा नम्बर ४ बस्ने जयप्रकाश राय चनौको एन आई सी एसिया र माछापुच्छ्रे बैंकको खाताबाट २०८० साल ३ महिना २९ गते देखि पटक पटक गरी जम्मा रु.१२ लाख ४६ हजार ४ सय ४० रुपियाँ चोरी भएको थियो ।
जिल्ला रौतहट गौर नगरपालीका बड़ा नम्बर ७ बस्ने मिश्रीलाल साहको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट मिति २०८० आषाढ २० गते देखि पटक पटक गरी जम्मा रु. ५ लाख चोरी भएको थियो ।
जिल्ला रौतहट गौर नगरपालीका वडा नम्बर २ महादेवपट्टी बस्ने विजय किशोर झाको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट २०८० कार्तिक २९ गते जम्मा रु ८० हजार चोरी भएको थियो ।
जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ९ बस्ने कृष्ण प्रसाद तिमल्सिनाको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय चन्द्रनिगाहपुर रौतहटमा रहेको खाताबाट मिति २०८० कार्तिक ३० गते देखि पटक पटक गरी जम्मा रु. ६ लाख ११ हजार २ सय ८ रुपैयाँ ५७ पैसा गरी जम्मा रकम रु. २४ लाख ३७ हजार ६ सय ८५ रुपैयाँ ५७ पैसा मात्र चोरी भएको थियो ।
विभिन्न काल्पनिक व्यक्तीहरुको नामको भारतको घोडासनमा गई किर्ते नागरीकता तथा सवारी चालक अनुमती पत्र बनाई उक्त कागजातहरुबाट सिमकार्डहरु निकाली विभिन्न खल्ती तथा विभिन्न बैंकहरुमा खाता खोली मोबाइल बैंकिङ्ग मार्फत माथी उल्लेखित मानिसहरुको खाताको रकम अनाधिकृत रुपमा पहुच पुर्याई चोरी गरिएको थियो ।
घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न रहेको जिल्ला रौतहट गौर नगरपालीका वडा नम्बर ४ बस्ने २५ वर्षको जितेन्द्र गिरी, सोहि वडा नम्बर ७ बस्ने ३७ वर्षको दिपेन्द्र कुमार साह र सोहि गुजरा नगरपालीका बडा नम्बर ६ घर भई हाल चन्द्रपुर नगरपालीका वडा नम्बर १० बस्ने ४२ वर्षको राज कुमार साहलाई पक्राउ गरीएको छ ।
अनुसन्धान पश्चात अनुसन्धान प्रतिवेदन सहित मिसिल कागजातहरु पुष ११ गते जिल्ला सरकारी वकील कार्यालय रौतहटमा पेश गरीएको तथा केही व्यक्तीहरु भागी फरार रहेको, फरार प्रतिवादीहरुको हकमा खोजतलास तथा थप अनुसन्धान कार्य जारी रहेको कुरा जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।