प्रचौ लालबजार उदयपुरबाट खटिएको प्रहरी टोलीले दुईजना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
गाली बैजती मुद्दामा रु. ५ हजार जरिवाना तोकिएको जिल्ला उदयपुर बेलका नगरपालिका वडा नम्बर ५ घुम्ने बस्ने ६२ वर्षको डम्बर बहादुर कट्वाल र सोहि मुद्दामा रु. ५ हजार जरिवाना तोकिएको जिल्ला उदयपुर बेलका नगरपालिका वडा नम्बर ५ घुम्ने बस्ने ५२ वर्षको तिलक बहादुर कट्वाललाई प्रहरीले पक्राउ गरेको छ
निजहरुलाई फैसला कार्यान्वयनको लागि उदयपुर जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।