You are currently viewing पाकिस्तानमा पहिलो पटक एक हिन्दू महिलाको चुनावमा उम्मेदवारी

पाकिस्तानमा पहिलो पटक एक हिन्दू महिलाको चुनावमा उम्मेदवारी

नेभा, पाकिस्तान, १० पुष,

पहिलो पटक, खैबर पख्तुनख्वाको बुनेर जिल्लाकी एक हिन्दू महिलाले पाकिस्तानमा आगामी आम चुनावमा आम सिटका लागि उम्मेदवारी दर्ता गरेकी छिन ।

पाकिस्तानी समाचार एजेन्सी डनको अनुसार पाकिस्तानमा फेब्रुअरी ८, २०२४ मा १६ औं नेशनल एसेम्बलीका सदस्यहरू छनोट गर्न आम चुनाव हुन गइरहेको छ र पहिलो पटक एक हिन्दू महिला पाकिस्तानमा आम चुनाव लड्दैछिन् ।

उक्त महिलाको नाम सवेरा प्रकाश हो जसले बुनेर जिल्लाको पिके-२५ को सामान्य सीटका लागि आधिकारिक रूपमा उम्मेदवारी दर्ता गरेकी छिन् ।

पाकिस्तानको निर्वाचन आयोग ईसीपी को हालैको संशोधनले सामान्य सिटमा ५ प्रतिशत महिला उम्मेदवारलाई समावेश गरेको छ । हिन्दू समुदायकी ३५ वर्षीया सवेरा प्रकाशले आफ्ना पिता, भर्खरै सेवानिवृत्त चिकित्सक र पाकिस्तान पिपुल्स पार्टीको समर्पित सदस्य ओम प्रकाशको पाइला पछ्याउँदै पाकिस्तान पिपुल्स पार्टीको टिकटमा चुनाव लड्ने योजना बनाएकी छिन् ।

Leave a Reply