You are currently viewing लागूऔषध सहित २ जना प्रहरीको खोरमा

लागूऔषध सहित २ जना प्रहरीको खोरमा

नेभा, सिरहा, ९ पुष,

जिल्ला सिरहा सखुवानान्कारकट्टी गाउँपालिका वडा नम्बर ५ मा बस्ने चुडामणी राय खैरबोना स्थित लहान ठाडी सडक खण्डबाट दुई जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ  ।

ईलाका प्रहरी कार्यालय, महेशवारी सिरहाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक यज्ञानन्द प्रसाद साहको कमाण्डमा खटिएको गस्ति टोलीले जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर ९ सयपत्री रातोमाटेको अन्दाजी १९ वर्षको चुडामणी राय र जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर १० सयपत्री रातोमाटेको अन्दाजी ३३ वर्षको जित बहादुर कटुवाल दक्षिणबाट उत्तरतर्फ पैदल जादै गरेको क्रममा शंका लागि चेकजाँच गर्दा डाईजोपाम ७० एम्पुल, डाईजोपाम ७० एम्पुल र नुरफिन ७० एम्पुल गरी जम्मा २ सय १० एम्पुल लागूऔषधहरु बरामद हुदाँ उक्त व्यक्तिहरु लाई पक्राउ गरिएको छ ।

निजहरुको लागूऔषध सहित पक्राउ गरी ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको कुरा प्रहरी निरिक्षक उदयभान द्विवेदीले जनाएको छ ।

Leave a Reply