पुष ७ गते जिल्ला बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ४ बैरिया स्थीत बस्ने रामशंकर थारुको छोरा अन्दाजी ११ वर्षको सुमित थारुको बाघको आक्रमण बाट मृत्यु भएको छ ।
बबई नदिमा नुहाउन गएको अवस्थामा जिरा सामुदायिक वन नजिकै एउटा पाटेबाघले आक्रमण गरि निजलाई घाइते बनाएको थियो ।
घाइते सुमित थारुलाई उपचारको लागि आर. सी. थारु मेमोरियल अस्पताल जयनगर बर्दिया लागिएकोमा उपचारको क्रममा मृत्यु थियो ।
उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान प्रक्रिया भइरहेको कुरा सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जनाएका छन् ।