जिल्ला सर्लाही ब्रहमपुरी गाउँपालिका वडा नम्बर ५ पडरिया स्थित भित्रि सडक खण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ आउँदै गरेको अवस्थामा एक भारतीय नम्बरको मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बा. ४० प. ५८३२ नम्बरको मोटरसाइकल र नम्बर स्पष्ट नदेखिने भारतीय मोटरसाइकलमा अन्दाजी १०० किलो माछा बोकी आउँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देख्ना साथ उक्त मोटरसाइकल सहित माछा छाडी मोटरसाइकल चालकहरु फरार भएको थियो ।
उक्त नम्बरको गाडी र अन्दाजी मूल्य रु. ४० हजार बराबरको माछा आवश्यक कारवाहीको लागि क्वारेन्टिन कार्यालय मलंगवा सर्लाहीमा बुझाईएको कुरा जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।