You are currently viewing लागूऔषध ब्राउन सुगर सहित थारु पक्राउ

लागूऔषध ब्राउन सुगर सहित थारु पक्राउ

नेभा, कपिलवस्तु, ४ पुष,

कपिलवस्तु नगरपालिका वडा नगरपालिका ११ भैसटा स्थितमा पचेहरा वरोहीया सडक खण्डमा पूर्वबाट आउँदै गरेका कपिलवस्तु वडा नम्बर ९ को  अन्दाजी २५ वर्षको युवराज थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

निजले चलाई ल्याएको लु २५ प २७०६ नम्बरको मोटरसाईकलमा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध ब्राउन सुगर जस्तो ८ ग्राम ८९० मिलिग्राम पदार्थ फेला परेको हुनाले निजलाई कानून बमोजिम पक्राउ गरीएको छ ।

जिल्ला अदालतबाट दिन ५ को म्याद लिई अनुसन्धान कार्य भइरहेको कुरा इलाका प्रहरी कार्यल कपिलवस्तुले जनाएको छ ।

Leave a Reply