पुष १ गते वडा प्रहरी कार्यालय, गगनगौडाबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ३० पावरहाउस चोक स्थितमा सवारी साधन चेकजाँच गर्ने क्रममा एक जना बालकलाई लागूऔषध सहित पक्राउ गरेको छ ।
पोखरातर्फ आउँदै गरेको बसमा सवार जिल्ला बारा सिम्रौनगढ नगरपालीका वडा नम्बर ८ बस्ने १७ वर्षको १ जना बालकको साथबाट लागू औषध डाईजापाम ८० एम्पुल, फेनारगन ७२ एम्पुल र नुर्फिन ७७ एम्पुल गरी जम्मा २२९ एम्पुल, नाईट्रोभ्याट ५७० चक्की लागू औषध, नगद रु. १ हजार र मोबाईल १ थान समेत बरामद भएको छ ।
निजलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कुरा जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।