You are currently viewing नक्कली कागजातमा विदेश पठाएर सघाउने व्यक्तिहरु पक्राउ
Greensburg Criminal Law Attorneys

नक्कली कागजातमा विदेश पठाएर सघाउने व्यक्तिहरु पक्राउ

नेभा, काठमाडौं, २८ मंसिर,

भिजिट भिषामा विदेश ‍जान लागेका युवा युवतीहरुको शंकास्पद कागजात सहित राहदानी असोज १५ गते देखि हाल सम्म १५ हजार १३ थान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त हुन आएकोमा सो मध्मे २ सय ४६ कागजात नक्कली +2 सर्टिफिकेट, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक स्टेटमेण्ट नक्कली देखिएको थियो ।

उक्त कागजात बनाउने ब्यक्तिहरुको पहिचान गर्ने र उक्त नक्कली कागजातका आधारमा कसरी विदेश पठाईने रहेछ, भन्ने बिषयमा अनुसन्धान गर्दा एजेन्ट, कन्सलटेनसी, ट्राभल एजेन्सीहरुले एयरलाइन्सलाई प्रतिब्यक्ति १० देखि १५ हजार र अध्यागमनलाई प्रतिब्यक्ति ४० देखि ५५ हजार सेटिङ मिलाई पठाउने देखिएको खुल्न आएकोमा सेटिङमा संलग्न एजेन्ट, ट्राभल्स, एयरलाइन्स र अध्यागमनका कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरु जिल्ला अर्घाखाँची पाणिनी गाउँपालिका वडा नम्बर ८ घर भई हाल काठमाडौं जिल्ला टोखा बानियाटारको Advance Management and Multiple Training Centre को संचालक गणेश पाण्डेलाई पक्राउ पारी प्रहरी बृत महाराजगन्ज, जिल्ला सिन्धुपाल्चोक लिसंखुपाखा पालिका वडा नम्बर ७ घर भई हाल काठमाडौं जिल्ला बौद्ध नयाँबस्तिमा बस्ने रोलेक्स ट्राभल्सको कर्मचारी ३० वर्ष उमेर भएको संजय तामाङलाई प्रहरी बृत नयाँबानेश्वर, जिल्ला नगरपालिका वडा नम्बर १ घर भई हाल काठमाडौं जिल्लाको महानगरपालिका वडा नम्बर ३२ पेप्सीकोलामा बस्ने रोलेक्स ट्राभल्सको ५३ वर्ष उमेर भएको कर्मचारी राज किशोर शाहलाई कारवाहीको लागि प्रहरी बृत नयाँबानेश्वर र जिल्ला स्याङ्गजा वालिंग गाउँपालिका वडा नम्बर ६ घर भई हाल काठमाडौं जिल्ला ग्रांडी बस्ने SKI TOUR and Travels को कर्मचारी २५ वर्ष उमेर भएको नविन अर्याललाई पक्राउ गरी प्रहरी बृत महाराजगन्जमा पठाईएको छ ।

निजहरुलाई विभीन्न मितिमा पक्राउ गरी लिखत सम्बन्धी कसुर समेतका अपराधमा आवश्यक कारवाहीको लागि बिभिन्न स्थानमा पठाईएको प्रवक्ता, सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएको छन् ।

Leave a Reply